फ्रान्सेली कम्पनीसँग ७ लाख थान ई-पासपाेर्ट किन्ने सरकारकाे तयारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फ्रान्सेली कम्पनीसँग ७ लाख थान ई-पासपाेर्ट किन्ने सरकारकाे तयारी



काठमाडौं । सरकारले सात लाख थान विद्युतीय राहदानी (ई-पासपाेर्ट) किन्ने भएकाे छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको हाे ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्