९ श्रावण २०८३, शनिबार

नेपालमा पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको बाटो खुला



काठमाडौं । नेपालमा पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको बाटो खुलेको छ ।

नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने अनुमति दिएको हो ।

बोर्डले स्वीकृति दिएसँगै नबिल बैंकले प्रति कित्ता १०० रुपैयाँ दरमा पाँच करोड कित्ता शेयर निष्कासन गर्न पाउनेछ । यसका लागि बैंकले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई पहिले नै नियुक्त गरिसकेको छ ।

यी सेयर आम सर्वसाधारण वा बोर्डबाट अनुमति प्राप्त अन्य संस्था–संगठनले खरिद गर्न नपाउने व्यवस्था छ, संस्थागत लगानीकर्ताले मात्र यसमा आवेदन दिन सक्ने प्रावधान राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्