९ श्रावण २०८३, शनिबार

प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता, २८ दल प्रक्रियामा



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३८ दल दर्ता भइसकेको जनाएको छ । आयोगका अनुसार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भइसकेका छन् भने २८ दल दर्ता प्रक्रियामा छन् ।

आयोगले निर्वाचनका लागि सुरक्षा र व्यवस्थापकीय तयारीलाई कार्य योजनाअनुसार अघि बढाइरहेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने मतदाताको विवरण मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ ।

त्रुटि वा उजुरी भएमा मङ्सिर २१–२७ गतेसम्म सुधार गर्न सकिनेछ । अन्तिम मतदाता नामावली आगामी पुस १५ गते सार्वजनिक गरिने छ ।


प्रतिक्रिया दिनुहोस्