लुम्बिनी विकास कोषको सदस्य सचिवमा श्रेष्ठ
काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले गोरखाको शहीद लखन गाउँपालिका स्थायी बासिन्दा र हाल काठमाडौं बसोबास गर्ने श्रेष्ठलाई पदमा नियुक्त गरेको हो ।
सचिवको नियुक्ति प्रतिस्पर्धाबिना गरिएको हो । यसअघि २०७४ सालमा अजितमान तामाङ र २०७८ सालमा सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरिएको थियो ।













