ताेलामा २९०० रूपैयाँ बढ्याे सुनकाे भाउ, आज कतिमा हुँदैछ काराेबार ?
शुक्रबार घटेको सुनको मूल्य आइतबार बढेको छ । नेपाली बजारमा आज एकैदिन सुनको भाउ २९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४४ हजार ६०० रूपैयाँ पुगेकाे छ ।
गत शुक्रबार छापावाल सुन प्रतिताेला २ लाख ४१ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला ३५ रूपैयाँ बढेकाे छ । गत शुक्रबार प्रतिताेला ३ हजार १०० रुपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ आज ३ हजार १३५ रूपैयाँमा झरेकाे छ ।













