एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक र म्यानुअल थेरापी केन्द्रमा १० प्रतिशत छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक र म्यानुअल थेरापी केन्द्रमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले काइरोप्राक्टिक र म्यानुअल थेरापी केन्द्रमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्