सामसङ नेपालको ‘वार्म विन्टर अफर’, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सामसङ नेपालको ‘वार्म विन्टर अफर’, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत



काठमाडाैं । सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी वार्म विन्टर अफरको घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ किलो देखि १२ किलोसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्।

त्यसैगरी, सिंगल-डोर, डबल-डोर र साइड-बाई-साइड सामसुङ रेफ्रिजरेटरहरूमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटर ले डीआइटी मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०५ ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।


प्रतिक्रिया दिनुहोस्