९ श्रावण २०८३, शनिबार

तीन हजार बढी विद्युतीय गाडी नेपाल भित्रियो, कुन सेग्मेन्टका कति युनिट ?



काठमाडौं । चार महिनामा ३ हजार युनिट बढी इलेक्ट्रिक गाडी (इभी) नेपाल भित्रिएका छन् । साढे ७ अर्ब बराबरको इभि आयात भएको देखिन्छ ।

भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ३ हजार २०३ युनिट इभी आयात भएको छ ।

कात्तिक महिनामा मात्रै ५८३ युनिट इभी नेपाल भित्रिएका छन् । गत असोज अन्तिमसम्म भने २ हजार ६२० युनिट इभी आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटसम्मका इभि आयात हुँदै आएको छ । चीन, भारत, जर्मन, थाइल्याण्ड, करिया, अमेरिका लगायतका मुलुकबाट विभिन्न ब्रान्डका इभि नेपाल भित्रिएका छन् । नेपालमा सबैभन्दा धेरै इभि चीनबाट आउने गरेको छ । समिक्षा अवधिमा २ हजार २७६ युनिट इभी चीनबाट आएको देखिन्छ । चार महिनामा ५ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ बराबरको इभि चीनबाट आयात भएको हो ।

यता, भारतबाट १ अर्ब २७ करोड १४ लाख रुपैयाँ बराबरको ६२६ युनिट इभि नेपाल भित्रिएका छन् । यस्तै, थाइल्याण्डबाट २८२ युनिट, अमेरिकाबाट ११ युनिट, जर्मनीबाट ५, कोरियाबाट २ र बेलायतबाट १ युनिट इभी आएका भएका छन् ।

विभागका अनुसार ५१ देखि १०० किलोवाट सेग्मेन्टका इभी धेरै आउने गरेका छन् । समिक्षा अवधिमा यस्तो सेग्मेन्टका १ हजार ८२६ युनिट इभी नेपाल भित्रिएका छन् । यस्तै, ५० किलोवाटका १ हजार २ युनिट र १०० किलोवाटदेखि २०० किलोवाटका ३७४ युनिट इभी नेपाल भित्रिएका भछन् ।


प्रतिक्रिया दिनुहोस्