प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतबाट रिहा गर्न आदेश दिएको छ ।
उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार थुनामुक्त गर्ने आदेश जारी गरेको हो ।












