सीजी मोटर्सको ‘एक्सपेङ एक्स्पेरियन्स-अपग्रेट टु एक्सिलेन्स’ एक्सचेन्ज क्याम्प अफर घोषणा
काठमाडाैं । नेपालमा एक्सपेङ इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन “एक्सपेङ एक्स्पेरियन्स– अपग्रेट टु एक्सिलेन्स” सार्वजनिक गरेको छ।
यो क्याम्पेन मार्फत ग्राहकहरूलाई अत्याधुनिक एक्सपेङ ईभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्ने विशेष एक्सचेन्ज क्याम्प अफर उपलब्ध गराइएको छ।
यस अफरअन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ जी ६-४४० एनएम टर्क, एडभान्स्ड अटो–पायलट तथा अटो–पार्किङ प्रणाली, ५ स्टार युराे एनक्याप सुरक्षा रेटिङ, र ५०:५० वेट–डिस्ट्रिब्युसन जस्ता उत्कृष्ट विशेषताले सुसज्जित, नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक एसयुभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्छन्।
स्मार्ट, र परिष्कृत ड्राइभिंग अनुभव प्रदान गर्ने एक्सपेङ जी ६ ले आधुनिक ईभी प्रविधिलाई उपभोक्तासम्म ल्याउनुका साथै यसको वर्गमै अग्रणी प्रदर्शन ग्यारेन्टीको दिन्छ।
ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभहरू, १ वर्षको इन्स्योरेन्स, १ वर्षको रोड–ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ किलो वाट वाल-माउन्ट चार्जर, ३.३ किलो वाट ट्राभल चार्जर, साथै Black+Decker कार वासर तथा भ्याकुम क्लिनर समावेश गरिएको छ, जसले ईभी ओनरशिप अनुभवलाई पहिलो दिनदेखि नै सहज र सुरक्षित बनाउँछ।
क्याम्पेनलाई अझ रोमाञ्चक बनाउँदै, अवधिभर टेस्ट ड्राइभ गर्ने प्रत्येक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
भविष्यमुखी सम्पन्न डिजाइन, अत्याधुनिक स्मार्ट फिचरहरू, र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धतासहित, एक्सपेङ नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापना गर्दै अगाडि बढिरहेको छ।













