७ श्रावण २०८३, बिहिबार

यी हुन् ५० अंकले बढेको सेयर बजारमा उच्च कारोबार गर्ने १० कम्पनी



काठमाडाैं । साेमबार सेयर बजार मापन नेप्से उच्च अंकले बढेकाे छ । आज ५०.४४ अंकले बढेकाे सेयर बजारमा जीवन बीमा कम्पनीकाे सेयर सर्वाधिक ४.९४ प्रतिशत वृद्धि भएकाे छ ।

यसदिन ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने ११५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ ।

यसदिन ५ बिमा कम्पनी सहित १० कम्पनीले उच्च काराेबार गरेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सले २४ करोड ८१ लाख ५१ हजार, नेपाल रिलायन्स कम्पनीले २४ करोड ४३ लाख २१ हजार, हिमालयन रिइन्स्योरेन्सले २० करोड ७६ लाख २५ हजार, एनआरएन इन्फ्रास्ट्रक्चरले २० करोड ३२ लाख ९८ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २० करोड ३२ लाख १० हजार रुपैयाँको कारोबार गरेको छ ।

यस्तै शिवम सिमेन्टले १९ करोड ६३ लाख ३ हजार, सीईडीबी होल्डिङ्सले १८ करोड ५० लाख ५१ हजार, गार्डियन माइक्रो लाइफले १८ करोड ४९ लाख ९४ हजार, राधी विद्युत कम्पनीले १४ करोड ५३ लाख १८ हजार र सर्वोत्तम सिमेन्टले १२ करोड ६१ लाख ८७ हजार रुपैयाँको कारोबार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्