मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त



काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा अर्याललाई नियुक्त गरेको हो ।

२०७७ माघ १९ मा सचिवमा बढुवा भएका अर्याल तथ्यांक सेवाबाट निजामतीमा प्रवेश गरेका थिए । २०५३ वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गरेको उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् ।

उनीसँग योजना आयोग, प्रदेश सचिव, महिला मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, तथ्यांक कार्यालय लगायतका मन्त्रालय, विभाग निकायमा काम गरेको अनुभव रहेको छ ।

उनी सार्वजनिक प्रशासनमा स्वच्छ छवि प्रशासक मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस्