आज एकैदिन ५ हजार २०० रूपैयाँ बढ्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ?
काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । साेमबार ताेलामा १९०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज एकैदिन ५ हजार २०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख ४७ हजार ९०० रूपैयाँ पुगेकाे छ ।
हिजाे छापावाल सुन प्रतिताेला २ लाख ४२ हजार ७०० रूयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला ७५ रूपैयाँ बढेकाे छ । साेमबार प्रतिताेला ३ हजार ११५ रुपैयाँमा काराेबार भएकाे चाँदीकाे भाउ आज ३ हजार २०० रूपैयाँ पुगेकाे छ ।













