इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण



काठमाडाैं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागीता रहेको थियो ।

क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

टाटा एक्सप्रेस–टि इभी (क्याब ड्राइभर श्रेणी) मा हरि पाण्डे र टिभिएस रेडर (बाइक (मोटो) राइडर श्रेणी)मा आकाश तामाङ पुरस्कृत भएका छन्

दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो ।

यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।

क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरीएको छ, जसमा १५ विजेताहरूले वनप्लस नर्ड सिई ४ लाइट फाइभजी स्मार्टफोन, ३० विजेताहरूले अल्टिमा एटम १९२ इयरबड र ३० विजेताहरूले अल्टिमा नोभा प्रो स्मार्टवाच प्राप्त गरेका छन् ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गर्दै भनिन, “हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो ।इनड्राइभमा, हामी छनोटको स्वतन्त्रताको पक्षमा छौं, र हाम्रो निष्पक्ष र पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्दछ । हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं ।’

अघिल्लो पटक वाचा गरेझैं, हामी हाम्रा ड्राइभर पार्टनर्सहरूका लागि ठूलो र उत्कृष्ट अभियान लिएर आएकाे भन्दै उनले यस अभियानले चालकहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध बनाउनेमा विश्वास व्यक्त गरिन्।

इनड्राइभमा, ड्राइभर पार्टनर्सहरु हाम्रो समुदायको जग हुन, र हामी उनीहरूसँगै उभिएर, उनीहरूको प्रयासलाई मान्यता दिएर, र निष्पक्षता र छनोट गर्न सकिने प्लेटफर्मको सुनिश्चितता गरेर बढ्दै जानेछौं ।


प्रतिक्रिया दिनुहोस्