श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आफ्ना सेयरधनीलाई साढे ६ करोड रूपैयाँ लाभांश बाड्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आफ्ना सेयरधनीलाई साढे ६ करोड रूपैयाँ लाभांश बाड्ने



काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंगलबार ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।

उक्त प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैकको स्वीकृति लिई कम्पनीको आगामी ३१औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्