९ श्रावण २०८३, शनिबार

एनआईसी एशिया क्यापिटलको ‘वान स्टप आईपीओ फ्यासिलेटेशन सर्भिसेज’ सञ्चालनमा



काठमाडाैं । एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “आईडीया टु आइपीओ” नामक सेवा संचालन गरिरहेको छ ।

जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आईडीएसनदेखि कम्पनी स्थापना, स्केल अपस् एक्सपेन्सन, ग्रोथ, फरदर एक्सपेन्सन हुदैं आइपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन गर्न सहजिकरण गर्ने सहित आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले “आईडीया टु आइपीओ” सेवा संचालन गरेको छोटो समयमा नै ३४ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी २० वटा प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेका छन् भने ६ वटा कम्पनीको आइपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भएको छ ।

कुनै पनि पब्लिक कम्पनी तथा प्राइभेट कम्पनी संचालन गर्दा प्रचलित कानून र सम्बन्धित नियमनकारी निकायले तोकेको सम्पूर्ण मापदण्डको परिपालना गरेर मात्र कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीको संस्थागत सुशासन र कानूनी व्यवस्थाको पूर्ण रुपमा परिपालना गरेर संचालन गर्दा कम्पनीको निरन्तरता तथा कम्पनीको व्यवसायीक ग्रोथ गर्नको लागि महत्वपूर्ण भुमिका निर्भाह गरेको हुन्छ ।

संस्थागत सुशासन र कानूनी व्यवस्थाको राम्रो ज्ञान अनुभव भएका दक्ष जनशक्ती प्राप्त गर्न निकै गाह्रो र बढी खर्चिलो हुने देखिएको हुँदा सोही कुरालाई मध्येनजर गर्दै एन आई सी एशिया क्यापिटलले भविष्यमा सर्वसाधारणमा साधारण शेयर आइपीओ जारी गर्ने गरी स्थापना हुन लागेका तथा हाल संचालनमा रहेका कम्पनीहरुलाई लक्षित गरी क्यापिटलको “आईडीया टु आइपीओ” सेवालाई थप परिमार्जित गर्दै “वान स्टप आईपीओ फ्यासिलेटेशन सर्भिसेज” सेवा संचालनमा ल्याएको छ । जस अन्तर्गत निम्न सेवाहरु न्यून सेवा शुल्कमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

IPO- Readiness Assessment Test (RATE)
IPO-RATE अन्तर्गत कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानूनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा शेयर जारी गर्नु भन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ । यस्ता सर्तहरु कम्पनी / व्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था/निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । यस सेवा अन्तर्गत IPO निष्काशन गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण व्यवस्थाहरु तथा IPO जारी गर्ने योग्य कम्पनी हुनको लागि आवश्यक पर्ने सम्पूर्ण चेक लिष्ट अनुसार सम्बन्धित कम्पनीको GAP Analysis प्रतिवेदन तयार परिने छ ।

विशेषता IPO- Readiness Assessment Test (RATE) अन्तर्गत सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोके बमोजिमको मापदण्ड पुरा भए नभएको ग्याप पत्ता लगाई उक्त ग्याप/कमी कमजोरीहरु सुधार गर्न आवश्यक परामर्श उपलब्ध गराइनेछ । सर्वसधारणमा शेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरि धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तराष्ट्रिय Valuation Model को प्रयोग गरी सर्वसाधारणमा जारी गरिने शेयरको मूल्य निर्धारण गरिने छ। उक्त अध्ययन अनुसार सम्बन्धित कम्पनीले उचित मुल्यमा IPO जारी गर्दा Par Value मात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मुल्याङ्ककन गरी Premium वा Book Building विधि मध्ये उपयुक्त विधिमा शेयर निष्काशन गर्न समेत सुझाव दिईनेछ । IPO- Readiness Assessment Test (RATE) गर्दा कम्पनीको IPO जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त IPO शेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइनेछ भने कुनै कम्पनीको तत्काल IPO जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको IPO जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण प्रकृयाको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र IPO जारी गर्न योग्य कम्पनी बनाउनको लागि आवश्यक कार्यतालिका निधारण गरी कार्य अगाढी बढाइने छ ।

यस सेवा अन्तर्गत निम्न सुविधा पनि उपलब्ध रहेको क्यापिटलले जनाएको छ ।

– प्रचलित नियम अनुसार नयाँ प्रा.लि. कम्पनी तथा लिमिटेड कम्पनी संचालन गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुको तर्फबाट कम्पनी रजिष्ट्रारको कार्यालय र अन्य सम्बन्धित निकायमा दर्ता गर्दा आवश्यक पर्ने विवरण तथा कागजात तयार गर्न सहयोग गर्ने।

-कुनै पनि कम्पनीको साधारण शेयर निष्काशन गर्नको लागि सम्बन्धित कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा अद्यावधिक गर्नुपर्ने व्यवस्थाहरु नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सम्बन्धित नियमनकारी निकायले तोकेको मापदण्ड तथा व्यवस्थाहरु पालना हुने गरी संशोधन गर्न सहयोग गर्ने ।

-कम्पनीको Capital Restructuring गर्न सहयोग गर्ने । कम्पनीको Capital Restructuring गर्दा स्वःपूँजी वा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (Debt Instrument) वा ऋण वा स्वःपूँजीसँग सम्बन्धित अन्य उपकरणहरु मध्ये कम्पनीको लागि जुन उपयुक्त हुन्छ सोही अनुसारको पूँजी संरचना तयार पार्न आवश्यक सहयोग गर्ने ।

-कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन गर्दा उक्त समयमा कायम कम्पनीको वित्तीय अवस्था र प्रचलित कानूनमा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी गर्दा अंकित मूल्य, प्रिमियम मूल्य वा बुक बिल्डिङ्ग बिधि मध्ये जुन उपयुक्त हुन्छ सोही अनुसार उचित समयमा साधारण शेयर निष्काशन गर्नको लागि परामर्श उपलब्ध गराउने ।

साथै आईपीओ निष्काशनको लागि कम्पनी तयार गर्ने क्रममा कुनै पनि कम्पनी प्राइभेट वा पब्लिक कम्पनीमा रहदाको अवस्थामा निम्न सेवाहरु समेत प्रदान गरिने क्यापिटलले जनाएको छ ।

-प्रचलित कानुन तथा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको प्रतिवेदन तयार गरिदिने तथा तोकेको समय सीमा भित्र सम्बन्धित निकायहरुमा पेश गर्नुपर्ने विवरण तथा कागजात तयार गर्न आवश्यक सहयोग गर्ने ।

-कम्पनीको शेयर कारोवार गर्नको लागि OTC Markets मा सूचिकरण गरिदिने ।

-OTC Markets वा अन्य आपसी समझदारी मार्फत कारोबार भई आएका कारोवारहरुको दाखिला÷खारेज वा मसारीको लागि आवश्यक प्रकृया पूरा गरी÷गराई शेयरधनीहरुको लगत अद्यावधिक बनाई राख्ने ।

-कम्पनीको वार्षिक साधारणसभा तथा आवश्यकता अनुसार विशेष साधारणसभा गर्न आवश्यक सहयोग गर्ने ।

-साधारणसभाबाट पारित लाभांश वितरण गरिदिने ।

-आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्न परामर्श दिने ।

-कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत प्रमाणिकरण, संचालक लगत र कम्पनी अद्यावधिक पत्र लिने लगायतका सम्पूर्ण सेवा उपलब्ध गराउने ।

क्यापिटलका अनुसार “One Stop IPO Facilitation Service” मा भविष्यमा साधारण शेयर आईपीओ जारी गर्ने गरी स्थापना हुन लागेका कम्पनी तथा आईपीओ निष्काशन गर्न चाहने सम्पूर्ण कम्पनीहरु आवद्ध हुन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्