आज पनि बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज पनि बढ्याे सुन-चाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ५ हजार २०० रूपैयाँले बढेको सुनकाे भाउ आज प्रतिताेला ९०० रूपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४८ हजार ८०० रूपैयाँ पुगेको छ ।

हिजो छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रूयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँ बढेको छ । मंगलबार प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार २२० रूपैयाँ ताेकिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्