७ श्रावण २०८३, बिहिबार

कुमारी बैंककाे १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रिमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले बिक्रिमा ल्याएकाे शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

तोकिएको म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्