मितेरी डेभलपमेन्ट बैंककाे नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मितेरी डेभलपमेन्ट बैंककाे नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंककाे नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएकाे छ।

बैंककाे मंसिर ६ गते सम्पन्न २० औं वार्षिक साधारण सभाबाट पारित २०८१/८२ को लागि १० प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिएको हो ।

हितग्राही खातामा बैंक वित्तीय संस्थाको खाता कात्तिक २२ गते सम्म अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा निजको बैंक खाताको नाम तथा बैंक खाता नम्बर हुबहू मिलेको हकमा मंसिर ७ गते देखि आईपिएस एस मार्फत लाभांश जम्मा गरिरहेको जनाएको हो ।

हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको भएमा नगद लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ ।

सो हितग्राही खातामा बैंक खाता नम्बर निज शेयरधनी स्वयंमकै नामको हुनुपर्ने तथा सो खाता नेपाल क्लियरिङ्ग हाउस लिमिटेड अन्तर्गत आइपीएस सदस्यता प्राप्त बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ जनाएको छ।

साथै, बैंक खातामा निजको नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीहरुले नै व्यहोर्नु पर्ने जनाएको छ ।

साथै मंसिर २२ गतेसम्म धितोबन्धक राखी कर्जा लिएको शेयरधनीहरुको हकमा सम्बन्धित बैंक र वित्तीय संस्थाबाट नो अप्जेसन लेटर प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने जनाएको छ ।

विभिन्न कारणवश आफ्नो नगद लाभांश प्राप्त नगर्नु भएका शेयरधनीहरुको विवरण यस कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको र आआफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्चाउन हुन समेत बैंकले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्