फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै



काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेकाे छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि आज १० गतेसम्मका लागि तोकेको हो । त्यसअनुसार दल दर्ताका लागि आज अन्तिम दिन हो ।

आयोगका अनुसार मंगलबारसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् ।आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् ।


प्रतिक्रिया दिनुहोस्