भिसाद्वारा नेपालमा साना तथा घरेलु व्यवसाय सशक्त बनाउने ‘भिसा एक्सेप्ट’ घोषणा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

भिसाद्वारा नेपालमा साना तथा घरेलु व्यवसाय सशक्त बनाउने ‘भिसा एक्सेप्ट’ घोषणा



काठमाडाैं । विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्दै भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ को आयोजना गरेको छ।

कार्यक्रममा बैंकिंग तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाहरूका वरिष्ठ अधिकारीहरू लगायत २०० भन्दा बढी सहभागी भएका थिए, जसले उद्योग जगतको उत्कृष्टता मनाउनुको साथै घरेलु तथा साना व्यवसायहरूलाई सशक्त बनाउने उद्देश्यले निर्मित भिसाको नवीनतम स्वीकार्यता भिसा एक्सेप्टको पूर्वावलोकन गरे।

काठमाडौं मारियट होटलमा आयोजित सो सम्मेलन सहयोग र ज्ञानको आदानप्रदानको एक मंच बनेको थियो।

जसमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा सत्येन्द्र तिमिल्सिना जस्ता विशिष्ट अतिथिहरू उपस्थित थिए। भिसाको नेतृत्व टोलीमा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बिर अहमद, भारत र दक्षिण एशियाका लागि उत्पादन प्रमुख रामकृष्णन गोपालन साथै नेपाल व्यवसाय प्रमुख मनोज थापा सहभागी थिए।

कार्यक्रमले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदले भिसाको लिडरशिप कन्क्लेभ नेपालको डिजिटल अर्थतन्त्रको भविष्यलाई आकार दिने रचनात्मक संवादमा संलग्न हुन उद्योगका नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याउने हाम्रो निरन्तर प्रयास भएको बताए ।

वर्षौंदेखि, यो फोरमले नेपालको भुक्तानी परिदृश्यलाई डिजिटलाइज गर्ने हाम्रो साझा महत्वाकांक्षालाई सुदृढ पारेको भन्दै उनले बजार सान्दर्भिक विश्वस्तरीय समाधानहरूमा योगदान पु¥याउने भिसाको प्रतिबद्धतालाई पुःन पुष्टि गरेको बताए ।

उनले भने, ‘त्यसकारण, हामीले यस वर्षको कन्क्लेभमा भिसा एक्सेप्ट प्रदर्शन गर्नु उपयुक्त ठानेका छौं, जसले नेपालको डिजिटल रूपान्तरण प्राथमिकताहरूसँग मिल्दोजुल्दो छ र घरेलु तथा साना व्यवसायहरूलाई सहयोग गर्ने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। भुक्तानी नवप्रवर्तन भन्दा बढी, भिसा एक्सेप्ट गहिरो वित्तीय समावेशीकरणतर्फको रणनीतिक कदम हो, जसले साना व्यापारीहरूलाई औपचारिक अर्थतन्त्रमा सक्रिय सहभागी बन्न सक्षम बनाउँछ।”

भिसाका भारत तथा दक्षिण एसियाका उत्पादन प्रमुख रामकृष्णन गोपालनले नेपालमा भिसा लिडरशिप कन्क्लेभ केवल प्रगतिको उत्सव मात्र नभई यो भुक्तानीको भविष्यलाई आकार दिने एउटा महत्त्वपूर्ण प्लेटफर्म रहेको बताए ।

भिसा एक्सेप्ट स्वीकृति प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न र नेपालभरि घरेलु तथा साना व्यवसायहरूको वृद्धिलाई समर्थन गर्न विकसित गरिएको एक नवीनतम समाधान रहेको उनको भनाइ छ ।

भिसा एक्सेप्टले व्यापारीहरूले आफ्नो मोबाइल फोन मात्र प्रयोग गरेर डिजिटल भुक्तानी स्वीकार गर्न सक्षम बनाएर, वित्तीय समावेशीकरणलाई अगाडि बढाउन, डिजिटल भुक्तानीलाई गति दिन र नेपालको नगदरहित अर्थतन्त्रको दृष्टिकोणलाई मद्दत गर्ने बताए ।

यो सबैका लागि सुरक्षित, स्केलेबल र समावेशी भुक्तानी अनुभवहरू सिर्जना गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा सत्येन्द्र तिमिल्सिना र प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको सम्बोधन पछि पुरस्कार समारोह भएको थियो। पुरस्कार समारोहमा जुलाई २०२४ देखि जुन २०२५ सम्मका उपलब्धिहरूका लागि २० वटा श्रेणीहरूमा १३ विजेताहरूलाई सम्मान गरेको थियो।

श्रेणीहरूमा उपभोक्ता डेबिट र क्रेडिट कार्ड, प्रिपेड कार्ड, व्यवसाय प्राप्त गर्ने, सीमापार भुक्तानी, सम्पर्करहित समाधान, व्यावसायिक कार्ड, फिनटेक साझेदारी, उत्पादन नवप्रवर्तन, र व्यापारी उत्कृष्टता समावेश थिए। भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ ले साझेदारीलाई बढावा दिने र डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फको नेपालको यात्रालाई गति दिने अत्याधुनिक समाधानहरू प्रदान गर्ने भिसाको प्रतिबद्धतालाई पुःन पुष्टि ग¥यो।


प्रतिक्रिया दिनुहोस्