नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि सुरु, के-के विषयमा हुँदैछ छलफल ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि सुरु, के-के विषयमा हुँदैछ छलफल ?



काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सचिवस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । नेपाली टोलीको नेतृत्व ऊर्जा सचिव चिरञ्जीवी चटौतले गरेका छन् ।

बैठकको मुख्य एजेन्डामा ६८३ मेगावाट क्षमताको सुनकोसी–३ जलविद्युत आयोजना संयुक्त रूपमा निर्माण, कम्पनी गठन र प्राविधिक संरचना समावेश छ । यो आयोजनामा करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी हुने अनुमान छ ।

बंगलादेशले चरम ऊर्जा संकटको अवस्थामा नेपालबाट विद्युत आयात गर्न इच्छाशक्ति देखाएको छ । हालै दुवै देशबीच ४० मेगावाट बिजुली खरिद गरिएको थियो । तर, भारत–बंगलादेश प्रसारण लाइन ओभरलोडका कारण थप निर्यातमा चुनौती देखिएको छ ।

बैठकमा वर्षायाममा अतिरिक्त उत्पादन भारत र बंगलादेशमा निर्यात गर्ने योजना, प्रसारण लाइन विस्तार, नयाँ पोइन्ट पहिचान र अनुभव साटासाटको विषय पनि छलफल हुने छ ।


प्रतिक्रिया दिनुहोस्