७ श्रावण २०८३, बिहिबार

यी हुन् आज सर्वाधिक काराेबार गर्ने १० कम्पनी



काठमाडाैं । बुधबार लगातार चाैथाे दिन पनि सेयर बजार बढेकाे छ । आज ९.६१ अंकले बढेकाे सेयर बजारमा १४२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १०४ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ११ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

यसदिन १० कम्पनीले उच्च काराेबार गरेका छन् । आज सबैभन्दा बढी कराेबार गर्नेमा एनआरएन इन्फस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेकाे छ । यस कम्पनीले आज ६२ करोड ४३ लाख ४३ हजार रूपैयाँकाे काराेबार गरेकाे छ ।

यस्तै शिभम् शिमेन्ट लिमिटेडले २६ करोड ७५ लाख ८० हजार, हिमालयन डिष्टिलरीले २३ करोड ४१ लाख ६८ हजार, बन्दीपुर केवल कारले १९ करोड ६८ लाख १७ हजार र हिमालयन रि इन्स्योरेन्सले १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको कारोबार गरेको छ ।

यस्तै उन्नती सहकार्य लघुवित्तले १६ कराेड १६ लाख ७८ हजार, बरूण हाइड्राेपावरले १५ कराेड ९५ लाख ५३ हजार, न्याग्दी ग्रुपले १४ कराेड ६५ लाख ५ हजार, नेपाल रि इन्स्याेरेन्स कम्पनीले १४ कराेड २६ लाख २५ हजार र राधि विद्युत कम्पनीले १३ कराेड ९४ लाख ४९ हजार रूपैयाँकाे काराेबार गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्