ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, नगद र बाेनस कति ?



काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४६२७४ प्रतिशतले हुन आउने ४ करोड ८२ लाख १२ हजार १०५ रूपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

मंसिर १० गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्