कालिञ्चोक दर्शन आफ्ना शेयरधनीहरुलाई ३ कराेड १५ लाख रूपैयाँ लाभांश बाड्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कालिञ्चोक दर्शन आफ्ना शेयरधनीहरुलाई ३ कराेड १५ लाख रूपैयाँ लाभांश बाड्ने



काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई ३ कराेड १५ लाख ७८ हजार ९४७ रूपैयाँ बाड्ने छ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्