सुजुकीकाे भी-स्ट्राेम एसएक्स मोटरसाइकल दुई नयाँ कलर भेरियन्टमा सार्वजनिक
काठमाडाैं । सुजुकी मोटरसाइकल नेपालले दुई नयाँ कलर भेरियन्ट सार्वजनिक गरेकाे छ ।
कम्पनीले भी-स्ट्राेम एसएक्सका दुई नयाँ रंग विकल्पहरू पर्ल फ्रेश ब्लु + ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट + मेटालिक म्याट स्टेलर ब्लु बजारमा ल्याएको हाे।
भी-स्ट्राेम एसएक्स नेपालमा उपलब्ध सबैभन्दा किफायती २५० सीसी जापानी एडभेन्चर मोटरसाइकल हो, जसले मिश्रित सवारी परिस्थितिमा ४० केएमपीएल सम्म दमदार माइलेज दिन सक्छ।
यो मोटरसाइकल बहुपयोगी रूपमा डिजाइन गरिएको छ, जसले हल्का अफ–रोड ट्रेल, ग्रेवल र असमान भू–भागहरू सहज रूपमा सामना गर्न सक्छ।
शुद्ध अफ–रोड बाइकमाजस्तो सानो सीट र लम्बा सस्पेन्सनका कारण हाईवेमा असहज हुने समस्या भी-स्ट्राेम एसएक्समा हुँदैन।
यसले उत्कृष्ट स्थिरता र लामो दूरीमा आरामदायी सवारी अनुभव प्रदान गर्दछ। यही सन्तुलनका कारण यो मोटरसाइकल नेपालका सहरीदेखि ग्रामिण सडकमा चलाउने र लामाे यात्राका लागि आदर्श विकल्प बन्ने बताइएकाे छ।













