सुनकाे मूल्य प्रतिताेला ४०० ले घट्दा चाँदीकाे बढ्याे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सुनकाे मूल्य प्रतिताेला ४०० ले घट्दा चाँदीकाे बढ्याे



काठमाडाैं । नेपाली बजारमा लगातार बढेकाे सुनकाे मूल्य बिहिबार भने घटेकाे छ । आज सुनको भाउ तोलामा ४०० रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ४८ हजार ४०० रूपैयाँ निर्धारण भएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला ९०० रूपैयाँ बढेर २ लाख ४८ हजार ८०० रूपैयाँ रूपैयाँ ताेकिएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य भने ताेलामा ६० रूपैयाँ बढेकाे छ । बुधबार ३ हजार २२० रूपैयाँमा खरिद बिक्रि भएकाे चाँदी आज ३ हजार २८० रूपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्