अझै नियन्त्रणमा आएन हङकङको एक हाउजिङ कम्प्लेक्समा लागेकाे आगो, ४४ जनाकाे मृत्यु, २७९ अझै बेपत्ता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अझै नियन्त्रणमा आएन हङकङको एक हाउजिङ कम्प्लेक्समा लागेकाे आगो, ४४ जनाकाे मृत्यु, २७९ अझै बेपत्ता



काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा लागेको आगो अझै निभेको छैन ।

धेरैजसो वृद्ध बासिन्दा रहने उक्त कम्प्लेक्सका केही भवनहरू अझै पनि जलिरहेका छन्। यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा घातक आगलागी भएको बताइएको छ ।

स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेटमा हङकङको उक्त कम्प्लेक्समा आगलागी हुँदा अहिले सम्म ४४ जनाले ज्यान गुमाइ सकेका छन् भने धेरैको अवस्था अभरै अज्ञात छ ।

आगलागीबाट ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने २७९ जनाको अवस्था अझै अज्ञात रहेकोले उद्धारकर्मीहरूले सयौँ हराएका मानिसहरूको खोजी गरिरहेका छन् ।

हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ भने निर्माण कम्पनीका दुई निर्देशक र एक सल्लाहकार सहित तीन जनालाई आगलागीसँग सम्बन्धित गैरइरादतन हत्याको आशंकामा पक्राउ गरिएको छ। प्रहरीले तिन जनामाथि गंभीर लापरवाही गरेको आरोप लगाएको छ।


प्रतिक्रिया दिनुहोस्