झन्डै २० करोडको क्रिप्टो कारोबार, काठमाडौंबाट २३ वर्षीय युवा पक्राउ
काठमाडौं । राजधानीमा करिब २० करोड रुपैयाँ बराबरको अवैध क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बाराको कलैया नगरपालिका–२० घर भई हाल डल्लु बस्दै आएका २३ वर्षीय मोहम्मद सेफलाई भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सेफले १९ करोड ८१ लाख रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको प्रमाण भेटिएको छ । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सो कारोबार नेपालको कानुनविपरीत भएकाले उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले अभौतिक मुद्रासम्बन्धी गैरकानुनी कारोबारको आरोपमा ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।













