आशा लघुवित्तले बोलायो साधारणसभा, लाभांश तथा मर्जर प्रस्ताव पारित गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आशा लघुवित्तले बोलायो साधारणसभा, लाभांश तथा मर्जर प्रस्ताव पारित गर्ने



काठमाडौं । लाभांश तथा मर्जर प्रस्ताव पारित गर्न आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ९औं वार्षिक साधारणसभा बाेलाएकाे छ ।

मंसिर ११ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा. लि. मा दिउँसो २ बजे ९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हाे।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्