टीसीएलले सार्वजनिक गर्यो नेपाली क्रिकेट प्रेमीहरूको लागि विशेष ‘साउण्डबार’
काठमाडौं। विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल S55H र Q65H सार्वजनिक गरेको छ।
हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।
यी साउन्डबारहरू नेपाली उपभोक्ताहरूको क्रिकेटप्रतिको रुचि र घरायसी मनोरञ्जनको स्तर बढाउने उद्देश्यले बनाइएका हुन्। यी साउन्डबारहरूले हरेक बलको आवाज, दर्शकको उत्साह, र कमेन्ट्री लाई मात्र सुनाउँदैनन्, तर त्यसलाई एउटा सम्पूर्ण अनुभवमा परिणत गर्छन्।
एस५५एच साउण्डबार
S55H ले २.१ च्यानल डोल्बी एटमस र DTS Virtual:X प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। यो मोडेल वायरलेस सबवूफर सहित आउँछ र २२०W को अधिकतम शक्ति दिन्छ, जसले गहिरो बास र भरपूर्ण साउन्ड प्रदर्शन सुनिश्चित गर्छ।
Bluetooth 5.3 Low Latency Connectivity ले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा हुने ढिलाइलाई कम गर्छ।
एआई सोनिक-एडप्टेशनले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः राम्रो बनाउँछ र उत्तम साउन्डको लागि सन्तुलित आउटपुट दिन्छ।
टीसीएल टुट्टी कोरल टेक्नोलोजीले टीसीएलको टिभी र साउन्डबार बीच छिटो जोड्न मदत गर्छ र एकीकृत ध्वनि आउटपुट दिन्छ, जसले अडियो क्वालिटीलाई अझ बढी राम्रो र जीवन्त बनाउँछ।
क्यु ६५ एच साउण्डबार
क्यु ६५ एचले ५.१ च्यानल स्पिकर प्रणालीको मदततले ५८० वाटको शक्तिशाली आवाज दिन्छ। यसले तपाईंको घरायसी मनोरञ्जन अनुभवलाई नै बदल्न सक्छ।
Dolby Atmos र DTS:X को मिश्रणले वास्तविक ३D सराउन्ड साउन्डको दृश्य सिर्जना गर्छ, जहाँ आवाजलाई विभिन्न दिशाबाट आउँदै गरेजस्तो अनुभव हुन्छ।
Signature RAY·DANZ Technology ले अझ चौडा, प्राकृतिक र जीवन्त साउन्ड स्टेज बनाउँछ र राम्रो साउन्ड सुनिने क्षेत्रलाई बढाउँछ।
Wireless Subwoofer सहित आएको यो मोडेल ५५-इन्च भन्दा ठूला टिभीहरूका लागि विशेष रूपमा उपयुक्त हो।
HDMI eARC, multiple HDMI inputs, र Bluetooth Wireless Music Connectivity ले यसलाई प्रयोग गर्न अझ सजिलो र लचिलो बनाउँछ।
यसमा डल्बी एटमस, वायरलेस सबवुफर, एआई सोनिक-अनुकूलन, ब्लुटुथ वायरलेस कनेक्टिभिटी, टीसीएल टिभी रेडी र टुट्टी कोरल टेक्नोलोजी जस्ता मुख्य विशेषताहरू रहेका छन् ।
टीसीएलका यी साउन्डबारहरू नेपालभरका टीसीएल अधिकृत रिटेल आउटलेटहरू तथा अनलाइन स्टोरमार्फत उपलब्ध छन्।
क्रिकेटको यस उत्साहपूर्ण सिजनमा घरमा टिभी हेर्ने अनुभवलाई मजबूत बनाउन चाहने उपभोक्ताका लागि यो उत्कृष्ट अवसर हो। टीसीएल एक विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्ड हो, जसले टेलिभिजन, साउन्ड सिस्टम, घरेलु उपकरणहरू लगायतका उत्पादनहरूको डिजाइन, विकास, निर्माण र वितरण गर्दै आएको छ।













