शुक्रबार २ लाख ५० हजार नाघ्याे सुनकाे मूल्य, चाँदीमा ६५ रूपैयाँ बढ्याे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शुक्रबार २ लाख ५० हजार नाघ्याे सुनकाे मूल्य, चाँदीमा ६५ रूपैयाँ बढ्याे



काठमाडौं। नेपाली बजारमा सुनकाे मूल्य ताेलाकाे २ लाख ५० हजार रूपैयाँ नाघेकाे छ । बिहिबार ताेलमा ४०० रूपैयाँ घटेकाे सुनकाे भाउ शुक्रबार एकैदिन २२०० रूपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २लाख ५० हजार ६०० रूपैयाँ ताेकिएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ४८ हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा ६५ रूपैयाँ बढेकाे छ । हिजाे प्रतिताेला ३ हजार २८० रूपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य आज ३ हजार ३ सय ४५ रूपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्