टाटाको नयाँ एसयूभि ‘सियरा’ भारतमा लन्च, शहरी र अफ–रोड दुवैका लागि तयार
काठमाडौं । भारतीय अटोमोबाइल उद्योगमा टाटा मोटर्सले नयाँ एसयूभी ‘सियरा’ सार्वजनिक गरेको छ । कम्पनीले नोभेम्बर २५ देखि बिक्री सुरु गरेको छ । सियरा शहरी र अफ–रोड दुबै वातावरणमा बलियो प्रदर्शन गर्न सक्षम एसयूभी हो ।
टाटा सियरा १.५ लिटर पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिनमा उपलब्ध छ । यसको प्रदर्शन र इन्धन दक्षतालाई मध्यनजर गर्दै डिजाइन गरिएको छ । लन्च हुनुअघि नै विभिन्न शोरुमहरूले बुकिङ खुलाएका थिए र ग्राहकको चासो उल्लेखनीय रहेको कम्पनीले जनाएको छ ।
प्रिमियम सुविधाहरूले एसयूभीलाइ आकर्षक बनाएको छ । टाटा सियरा आधुनिक सुविधा र सुरक्षासहितको मोडल हो । यसमा चार–स्पोक स्टेयरिङ ह्वील र एम्बियन्ट लाइटिङ समावेश छ, जसले भित्री वातावरणलाई प्रिमियम बनाउँछ ।
लामो यात्रा पनि आरामदायी बनाउन प्यानोरामिक सनरुफ र भेन्टिलेटेड फ्रन्ट सिट, पार्किङ र भित्री दृश्य नियन्त्रण सहज बनाउने ६० डिग्री क्यामेरा र पछाडिको पार्किङ सेन्सर समावेश छ ।
यात्रुको सुरक्षा सुनिश्चितताका लागि ६ एयरब्याग, एबिएस सहितको इबिडी र इलेक्ट्रोनिक स्थिरता नियन्त्रण समावेश छ । वायरलेस फोन चार्जर, एनरोइड अटो र एप्पल कारप्ले सुविधाले स्मार्ट कनेक्टिभिटी प्रदान गर्छ ।
स्वचालित डिमिङ आइआरभीएम र डल्बी एटमस ट्युन अडियो प्रणाली, जसले ड्राइभिङ अनुभवलाई प्रिमियम बनाउने कम्पनीले जनाएको छ । टायर प्रेसर निगरानी प्रणाली र लेवल–२ एडीएस, सुरक्षा र ड्राइभ सहयोगका लागि समावेश गरिएको आधुनिक प्रविधि समावेश छ ।
सियरा आकर्षक डिजाइन, प्रिमियम फिचर र प्राविधिक क्षमताले भारतीय मिड–हाइ सेग्मेन्ट एसयूभी बजारमा टाटालाई प्रतिस्पर्धी बनाउने देखिन्छ । साथै, ग्राहकको उत्साह र बुकिङको प्रारम्भिक प्रतिक्रियाले पनि सकारात्मक रहेको छ ।
ग्राहकले टाटा सियरा ६ वटा आकर्षक रङमा छनोट गर्न सक्नेछन् । बंगाल रुज (रातो), मिन्टल खैरो, अण्डमान एडभेन्चर (पहेंलो), प्रिस्टाइन सेतो, मुन्नार मिस्ट (हरियो/खैरो), कुर्ग क्लाउड्स (चाँदी/हल्का खैरो) रङमा उपलब्ध छ । टाटाले यस एसयूभीलाई ११.२९ लाख भारतीय रुपैयाँको सुरुवाती मूल्यमा बजारमा उपलब्ध गराएको छ ।













