हिमालयन लघुवित्तले आफ्ना सेयरधनीरूलाई २ कराेड २३ लाख बरराबरकाे लाभांश बाड्ने
काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्ते गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत जसमध्ये ६.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३५ प्रतिशत नगद लाभांश रहेको छ।
मंसिर ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीरूलाई ७ प्रतिशतले हुन आउने २ कराेड २३ लाख ८७ हजार २६८ रूपैयाँ बाभांश बाड्ने भएकाे हाे ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।













