निगमको नयाँ भाडादर योजनाः दमाम, दोहा, दुबई र क्वालालाम्पुर जाने श्रमिकलाई १० प्रतिशत छुट
काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ।
काठमाडाैंबाट वैदेशिक राेजगारीमा जाने नेपाली श्रमिक यात्रुहरूकाे सहजता र सुविधा सुनिश्चित गर्न निगमले नयाँ भाडादर याेजना लागु गरेकाे हाे ।
निगमले गरेकाे निर्णय अनुसार तोकिएको गन्तव्यमा यात्रा गर्दा हरेक उडानमा दशवटा सिटमा साविककाे भाडामा १० प्रतिशत विशेष सहुलियत पाइनेछ ।
यस भाडादर अन्तर्गत श्रमिक यात्रुहरूले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरू वा टिकट काउन्टरबाट सेवा लिन सक्नेछन्।
निगमले यसबाट श्रमिक यात्रुहरूलाई विशेष सुविधा, सहयोग र सहुलियत प्राप्त हुने विश्वास व्यक्त गरेको छ।














