७ श्रावण २०८३, बिहिबार

यी हुन् घटेको सेयर बजारमा उच्च कारोबार गर्ने १० कम्पनी



काठमाडाैं । साताकाे पिहलाे काराेबार दिन सेयर बजार राताम्य बनेकाे छ । यसदिन नेप्से पिरसूचक २६.५१ अंकले घटेकाे छ भने २२१ कम्पनीकाे सेयर मूल्यमा गिरावट आएकाे छ ।

घटेकाे सेयर बजारमा पनि १० कम्पनीले उच्च काराेबार गरेका छन् । आज सबैभन्दा बढी कराेबार गर्नेमा हिमालयन रि-इन्स्याेरेन्स रहेकाे छ । यस कम्पनीले आज २२ करोड ५ लाख ५९ हजार रूपैयाँकाे काराेबार गरेकाे छ ।

यस्तै जाेशी हाइड्राेपावरले २१ करोड ८१ लाख ६५ हजार, ग्रिन भेञ्चरले २१ करोड ३५ लाख ७८ हजार,  एनआरएन इन्फस्टक्चर एण्ड डेभलपमेन्टले २१ करोड २४ लाख ११ हजार र नेपाल लाइफ इन्स्योरेन्सले १८ करोड ५ लाख १ हजार रुपैयाँको कारोबार गरेको छ ।

यस्तै न्याग्दी ग्रुप पावरले १७ कराेड ७७ लाख ९४ हजार, हिमालयन डिष्टिलरीले १७ कराेड ८ लाख १७ हजार, सानिमा माइ हाइड्राेपावरले १६ कराेड १४ लाख ५ हजार, माउन्टेन इनर्जी नेपालले १३ कराेड २८ लाख ८८ हजार र रिलायवल नेपाल लाइफ इन्स्याेरेन्सले १३ कराेड ९ लाख ३९ हजार रूपैयाँकाे काराेबार गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्