९ श्रावण २०८३, शनिबार

व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बरले वृद्धि



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गरेकाे छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यस्ताे व्यवस्था गरेकाे हाे ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (Personal Overdraft) कर्जाको विद्यमान सीमा रु.५० लाखबाट वृद्धि गरी रु.१ करोड कायम गरिने समिक्षामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्