काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवाको निधन भएको छ ।
सिभिल अस्पताल उपचाररत बालेनका बुवा रामनारायण शाहको सोमबार निधन भएको हो । अचेत अवस्थामा आइतबार अस्पताल लगिएको उनको उपचारका क्रममा सोमबार मृत्यु भएको छ।












