महानगरभित्रका बैंक शाखाहरू समायोजन गर्ने बाटो खुल्यो
काठमाडाैं । नेपाल राष्ट्र बैंकले देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने बाटाे खुला गरेकाे छ ।
राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति प्रथम त्रैमासिक समीक्षामार्फत यस्तो सुविधा दिएकाे हाे ।
विद्युतीय कारोबार बढ्दै गएको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन र एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने व्यवस्था समिक्षामा उल्लेख छ ।













