मंगलबार सामान्य घट्याे सुनकाे मूल्य, चाँदीकाे बढ्याे
काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजाे ताेलामा १४०० रुपैयाँ बढेको सुनकाे मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम छ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ५४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।













