८ श्रावण २०८३, शुक्रबार

बाढी–पहिरो प्रभावित श्रीलंकालाई २ कराेड ८५ लाख रूपैयाँ सहायता उपलब्ध गराउने सरकारकाे निर्णय



काठमाडाैं । नेपाल सरकारले श्रीलंका सरकारलाई सहायता स्वरुप २ लाख अमेरिकी डलर उपलब्ध गराउने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैंठकले यस्तो निर्णय गरेको हो ।

श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको भन्दै सरकारले २ करोड ८५ लाख रूपैयाँ सहायता उपलब्ध गराउने भएको हो ।

श्रीलंकामा आएको विनाशकारी बाढी र पहिरोबाट हालसम्म मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ भने २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् र लगभग २० हजार घरहरू ध्वस्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्