एनपीएल लक्षित सामसङका एआई टेलिभिजनहरूमा आकर्षक छुट तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक
काठमाडाैं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ लाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यस योजना अन्तर्गत प्रिमियम क्युएलइडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ। यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्छन्।
८५ इन्चसम्मका ठूलो स्क्रिन, अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम-जस्तो’ अनुभव प्रदान गर्दछ।
सामसङका नवीनतम एआई टीभी लाइनअप (क्युएलइडी र युएचडी) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्याउने अत्याधुनिक फिचरहरू फेरके एआई अपस्केलिंग (जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ) र सामसङ नक्स सेक्युरिटी (जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ) समावेश छन्।
सामसङले आफ्नो T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ।
सामसङले सार्वजनिक गरेके अफर अन्तर्गत क्युएलइडी (५५ देखि ८५ इन्च) को खरिदमा १९ प्रतिशत छुट तथा ७ हजारसम्म एक्सचेन्ज बोनस, युएचडी(४३-८५ इन्च) को खरिदमा २१ प्रतिशत छुट तथा ४ हजारसम्म एक्सचेन्ज बोनस, एफएचडी ४३ इन्चको खरिदमा ३३ प्रतिशत छुट र एचडी ३२ इन्चको खरिदमा २१ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् शुन्य प्रतिशत ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ।
साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।













