माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेकाे सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हाे ।
क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो।
यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।
















