सिद्धार्थ बैंकको सीइओ कँडेलको कार्यकाल सकिँदै, बस्याललाई तोकियो कामु सीइओको जिम्मेवारी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिद्धार्थ बैंकको सीइओ कँडेलको कार्यकाल सकिँदै, बस्याललाई तोकियो कामु सीइओको जिम्मेवारी



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको हालै सम्पन्न ४६७औँ बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

हालका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गते सकिने भएकाेले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत बस्याललाई उक्त जिम्मेवारी दिइएकाे हाे ।

बस्याललाई मंसिर २७ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्ति गरिएको हाे।


प्रतिक्रिया दिनुहोस्