बैंकिङ प्रणालीबाट आज फेरि एकैपटक ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएकाे अधिक तरलता व्यवस्थापनका लगि आज फेरी ६० अर्ब निक्षेप तान्ने भएकाे छ ।
निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले २८ दिनको लागि थप ६० अर्ब निक्षेप संकलन गर्न लागेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत मंसिर १७ गते दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी पुस १६ गते हुनेछ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।













