७ श्रावण २०८३, बिहिबार

बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक



काठमाडौं । गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल लॉन्चपछि बर्ली होम अप्लायन्सेजले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै एलेगन्स र एलेसिया सिरिजका ६ नयाँ स्टेरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको छ।

अत्याधुनिक जर्मन टेक्नेलेजी, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन्।

नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रीब्युटर सीजी इलेक्ट्रेनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

कम्पनीका प्रतिनिधिले भने, “नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। एलेगन्स र एलेसिया सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।”

नयाँ प्रस्तुत बर्ली गिजरले ग्राहकलाई वाटर ट्यांकमा ७ वर्ष, हिटिङ इलिमेन्टमा २ वर्ष र सम्पूर्ण प्रेडक्टमा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

एलेगन्स सिरिज एलेगन्स सिरिज आधुनिक डिजाइन, उच्च–गुणस्तर हीटिङ र भरपर्दो निर्माणका साथ १०, १५ र २५ लिटरका मोडेलहरूमा उपलब्ध छन्। जसमा तापक्रम नियन्त्रण, वाटर प्रुफ डिडाइन, इनर्जी इफिसेन्स अपरेशन, हाइ क्वालिटि हिटिङ एलिमेन्ट, इनामेल केटेड ड्युरेबल वाटर ट्याङ्क, जर्मन टेक्नेलेजीमा आधारित संरचना, आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस र युजर–फ्रेन्डली फ्रन्ट कन्ट्रोल लगायतका विशेष छन् ।


प्रतिक्रिया दिनुहोस्