७ श्रावण २०८३, बिहिबार

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ



काठमाडाैं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

यसअघि प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको सिआइबीले शाक्यलाई बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेकाे हाे ।

उनीहरूमाथि बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्