७ श्रावण २०८३, बिहिबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार क्यानका महानिर्देशक अधिकारी सहित पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको हो ।

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि पक्राउ गरीएको बताइएको छ ।

६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएपनि हालसम्म २ जना मात्र पक्राउ परेका छन् भने बाँकी ४ जना फरार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्