कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी घोषणा



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीकाे सभापति पदमा उठ्ने घाेषणा गरेका छन् ।

हिमालय टिभीको यक्ष प्रश्नका लागि अन्तर्वार्ताका क्रममा थापाले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने कांग्रेसको १५ औं महाधिवेशनकाे कार्यतालिका आइसकेको उल्लेख गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

आफुलाई पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार बताएका उनले यसलाई घोषणा नै भन्न सकिने स्पष्ट पारेका थिए।

नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट आफुलाई ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिने विश्वास समेत उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्