मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडाैं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।













